काठमाडौं । राष्ट्रीय परीक्षा बोर्डले शुक्रबार साँझ एसईईको नतिजा प्रकाशन गर्ने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले केहीबेरमै बोर्ड बैठक बसिरहेको र नतिजा सार्वजनिक गर्ने तयारी भएको बताए ।
‘आजै नतिजा सार्वजनिक गर्ने तयारी भइसकेको छ, साँझसम्म नतिजा प्रकाशन हुन्छ,’ उनले भने । दिउँसो बसेको बोर्ड बैठकमा नतिजा प्रकाशन गर्नका लागि डेमो गरिएको र त्यो सफल भएपछि आजै साँझ नतिजा प्रकाशन गर्न लागिएको हो ।
प्रतिक्रिया