नायिका वर्षा राउत र नायक विजय बराल अब एकसाथ पर्दामा देखिने भएका छन् । यी दुइले गायक रामकृष्ण ढकालको लगानीमा बन्न लागेको फिल्म ‘मालती मंगले’मा काम गर्ने पक्का भएको छ ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लिको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘मालती मंगले’मा मुख्य कलाकारहरु फाइनल भएका छन् ।
यी दुई कलाकारहरु फिल्मको शिर्ष भूमिकामा देखिने बताएपनि उनीहरुलाई कस्तो अवतारमा देखाइदैछ भन्ने खुलाइएको छैन ।
प्रकु पाण्डेयले निर्देशन गर्न लागेको यो फिल्ममा संयोग गुरागाँईको पटकथा तथा संवाद, निर्देशक पाण्डेयको कथा छ ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा महेश पौडेलको डीओपी, रोमी तण्डुकारको सम्पादन, राजनराज सिवाकोटीको संगीत रहनेछ ।
यो फिल्मका लागि विजय र वर्षाले ३ महिना अरु फिल्ममा काम नगर्ने बताएका छन् । भदौबाट यो फिल्मको छायांकन सुरु हुनेछ । ४० दिनसम्म यो फिल्म खिच्ने तयारी गरिएको छ ।
यो फिल्मलाई यही वर्षको अन्तिममा रिलिज गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया