काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् ।
उनले विशेष अदालतमा उपस्थित हुन पाउँ भनी निवेदन दिएका थिए । सोही आधारमा उनी आइतबार अदालत उपस्थित भएका हुन् । विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ ।
बयान सकिएपछि आजै थुनछेक बहस हुने तयारी छ । बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । मुद्दा दायर भएलगत्तै उनी सांसद पदबाट निलम्बित छन् । अख्तियारले बस्नेतसहित दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनालसहित १८ जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया