नायक सौगात मल्ल र नायिका बेनिशा हमालको मर्मस्पर्शी प्रेम कथा समेटिएको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक गरिएको छ ।
साउनको २३ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरमा विवाहपछिको खुशी, पैसाका कारण वैवाहिक जीवनमा आएको समस्या र माया गर्ने मानिसको पर्खाइको कथा समावेश छ ।
फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।
तुल्सीदेवी फिल्म प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा प्रदीप भारद्धाज र निर्देशक राजबहादुर सानेको लेखन छ ।
सिमोस सुनुवारको प्रस्तुतिमा तयार भएको फिल्ममा भुगोल कुमार कार्की र विकासराज जोशी निर्माता, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता, गंगाराम श्रेष्ठ सह–निर्माताको रुपमा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको एक्सन, राकेश दाहालको पोस्टर डिजाइन, दिव्य सुवेदीको छायांकन छ ।
प्रतिक्रिया