नायक जीवन लुइँटेलले एक दशकपछि कमब्याक गर्ने पक्का भएको छ । उनले, फिल्मबाट कमब्याक गर्न लागेका भने होइनन् । उनले, नाटकबाट कमब्याक पक्का गरेका हुन् ।
नायिका रेखा थापालाई नाटकमा अभिनय गराउँदै रंगमञ्चको दुनियाँमा बलियो सुरुवात गरेको कान्तिपुर थिएटरले अब जीवनलाई पनि ‘शिरिषको फूल’ नामक नाटकबाट दर्शकमाझ कमब्याक गराउन लागेको हो ।
यो नाटकमा जीवन ‘सुयोगवीर’ पात्रको भूमिकामा देखिदैछन् । साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित रहेर तयार पार्न लागिएको यो नाटकलाई कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरेले निर्देशन गरिरहेकी छिन् । कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका सीइओ प्रकाश पुरीले नाटककै लागि जीवन आउँदो साता नेपाल आउने बताए ।
उनले भने–‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका आधारमा परिपक्क पात्र चाहिएको थियो । उहाँलाई प्रस्ताव गर्यौं । उहाँ काम गर्नका लागि तयार हुनुभयो ।
नाटकमा ‘सकम्बरी’ पात्रको भूमिका अभिनय गर्ने कलाकारको नाम भने खुलाइएको छैन । तर, जीवनको कमब्याक पक्का भएपछि ‘सकम्बरी’ पात्रको बिषयमा चासो बढेको छ । नायक लुइटेलले नाटकसँगै राम्रो कथामा अफर आएको खण्डमा फिल्मबाट पनि कमब्याक गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया