‘मोहर’को शिर्ष गीत १० लाख बढी पटक हेरियो



फिल्म ‘मोहर’को गीतले १० लाख भ्यूज बटुलेको छ । ९ दिन अगाडि सार्वजनिक भएको फिल्मको ‘चाहिदैन मोहर’ बोलको गीतले १० लाख भ्यूज बटुलेको हो । गीतलाई सामाजिक संजालमा पनि दर्शकहरुले मन पराउन थालेका छन् । अहिले टिकटकदेखि अन्य सामाजिक संजालमा पनि गीतप्रति दर्शकको चासो बढेको छ । यो गीतले फिल्मप्रति दर्शकको उत्साह अझै बढाएको देखिन्छ ।’

शरद हुमागाँई र विशाखा शाहीको स्वर, प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ । फिल्मको टिजरलाई पनि दर्शकको सुखद प्रतिक्रिया मिलेको छ ।

योे गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । दर्शकले पल र नीतिको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया दिएका छन् ।

फिल्ममा बेनिशा हमाल, अर्जुन जंग शाही, रविन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी, मिस पवी लगायतका कलाकारहरुको पनि अभिनय छ ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो फिल्मको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

चुम्बन जंग शाही फिल्मका निर्माता हुन् । फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्मले देउकी प्रथाको कथा भन्छ ।

फिल्ममा दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको अर्को गीत पनि चाँडै रिलिज गर्ने तयारी गरिएको छ । फिल्म ‘मोहर’ले देउकी प्रथाको कथा भन्छ ।