काठमाडौं । सरकारले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूका लागि कोभिड खोप लगाउने तयारी गरेको छ । देशका विभिन्न भागमा कोभिड भाइरसका संक्रमण वृद्धि भइरहेको बेला, स्वास्थ्य अधिकारीहरूले अन्तर्निहित स्वास्थ्य अवस्था भएका व्यक्तिहरूलाई कोभिड बुस्टर डोज दिनेबारे छलफल थालेका छन् ।
इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाका अनुसार, जोखिममा रहेका समूहलाई खोप लगाउने बारेमा सरोकारवालाहरूसँग छलफल भइरहेको छ। ‘हामीले राष्ट्रिय खोप सल्लाहकार समिति र अन्य सरोकारवालाहरूसँग वृद्धवृद्धा र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका अन्यहरूलाई कोभिड–१९ खोप दिने बारेमा छलफल गरेका छौं,’ विभागका निर्देशक डा. चन्द्र भाल झाले भने, ‘हामीसँग कोभिड खोपको लगभग ६,००,००० डोज स्टकमा छ, जुन अत्यधिक जोखिममा रहेका समूहहरूलाई बूस्टर शटको रूपमा दिन सकिन्छ।’
हाल, काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पतालमा कोभिड खोप दिइँदैछ। पछिल्लो समय देशभरका धेरै जिल्लामा कोभिडका घटना बढ्दै गएका छन्। गत मंगलबार कोभिडबाट विराटनगरमा एकजनाको मृत्यु भएको थियो । जुन दुई वर्षभन्दा बढी समयपछि पहिलो हो, जसले कोरोना भाइरसका नयाँ भेरियन्ट फेरि फैलिरहेको र ठूलो क्षति भइरहेको संकेत गरेको छ ।
जनवरीदेखि अहिलेसम्म कम्तीमा २२१ संक्रमणका घटना रिपोर्ट गरिएका छन्। महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार, देशका सातै प्रदेशमा कोरोना भाइरस संक्रमणका घटनाहरू रिपोर्ट गरिएका छन्। बागमती प्रदेशमा १७० केस रिपोर्ट गरिएका छन्, जुन देशकै सबैभन्दा धेरै संख्या हो, त्यसपछि सुदूरपश्चिममा २१, कोशीमा १२, मधेशमा ८, लुम्बिनीमा ५, गण्डकीमा ४ र कर्णालीमा एकजना केस छन्। स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन स्ट्रेनको धेरै सबभेरियन्ट फैलिएको पुष्टि गरेको छ।
प्रतिक्रिया