माधव नेपाललाई लक्षित गर्दै ‘सिनो’ भनेपछि रामकुमारीमाथि अनुशासनको डण्डा


काठमाडौं । एकीकृत समाजवादीले पार्टीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई लिएर उनलाई तीन दिने स्पष्टीकरण सोधिएको हो ।

झाँक्रीले असार १५ गते बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा भनेकी थिइन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल पतन्जली जग्गा प्रकरणमा मुछिएका थिए । उनलाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अध्यक्षमाथि अभिव्यक्ति दिएपछि एकीकृत समाजवादी अनुशासन आयोगले स्थायी समिति सदस्य झाक्रीमाथि स्पष्टीकरण सोधेको हो । पार्टीले शीर्ष नेताहरूमाथि जथाभावी कमेन्ट गर्न र सामाजिक सञ्जालमा आलोचना नगर्न सर्कुलर नै जारी गरेको छ ।