पूर्वराष्ट्रपति भण्डारीले आजैबाट त्यागिन् राज्यले दिँदै आएका सबै सेवासुविधा


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवासुविधा त्यागेकी छन् । उनले सरकारले पूर्वराष्ट्रप्रमुखलाई प्रदान गर्दै आएको सेवासुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुधबार दर्ता भएको छ । जसअनुसार आजैका दिनदेखि उनले राज्यले दिने कुनै सुविधा नलिने भएकी छन् ।

भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
भण्डारीको हकमा पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने मन्त्रालयले जनाएको छ । भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका स्वकीय सचिव, कार्यालय सहयोगीसमेतका लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत थिए । तर, आजकै मितिबाट उनले सो सुविधा पाउने छैनन् ।

पूर्वराष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको, तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ ।