काठमाडौं l भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको लागि सहजीकरणको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको अडान बारे छलफल गरियो र पार्टीको अडान कायम राखी संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने ।
संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको सघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधि सभाबाट पास भएर आउँदा कलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसद्को सार्वभौमिकतामाथि प्रहार हो ।
कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन् देखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दछ । संसद्को यो विधायकी भूमिकामा कुनै पनि चलखेल सहय नहुने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।
आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नका लागि आजको पार्टी सचिवालय बैठकमा पेस भएको उम्मेदवार छनौट विधिमा व्यापक छलफल भयो । बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको छ ।
साथै पार्टीले रुपन्देही ३ मा त्यहाँको आम नागरिक, पार्टी शुभेच्छुकहरू समेतको चाहना अनुसार छनोट विधि मार्फत योग्य, सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दछ
प्रतिक्रिया