नायिका प्रियंका कार्कीले छायांकन भइरहेको फिल्म ‘प्रतिवैरम’को एक आइटम गीतमा डान्स गरेी छिन् । यो गीतको भिडियोलाई चलचित्र विकास कम्पनीको स्टुडियोमा २ दिन लगाएर खिचिएको छ । फिल्मको आधा प्रतिशत छायांकन सकिएको र बाँकी छायांकन वर्खा सकिएपछि गर्ने तयारी निर्माणपक्षको छ ।
रोशन दासको निर्देशनमा तयार भइरहेको यो फिल्मले मधेसको वास्तविक सौन्दर्य देखाउने दाबी निर्माणपक्षको छ ।
फिल्मले मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुसँगै दाजु–बहिनीको भावनात्मक कथालाई पनि प्रस्तुत गर्नेछ ।
रेज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भइरहेको फिल्ममा किङ्स वाइटी स्टुडियो र श्रीयन इन्टरटेन्मेन्टको सहकार्य छ । फिल्ममा रोशन दासकाके कथा, युवराज भट्टराइको पटकथा छ । यो फिल्ममा सम्राट दास, प्रियंका कार्की, रमेश वुढाथोकी, नविन श्रेष्ठ, आलिसा बास्तोला, विरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोनी यादव लगायतका कलाकारहरुको अभिनय छ ।
छायांकन भएको आइटम गीतमा मनिष अधिकारीको संगीत, रोशन दासको शब्द र रितिका श्रेष्ठको स्वर छ । नितेश घतानले गीतको भिडियो खिचेका हुन् ।
प्रतिक्रिया