सार्वजनिक भएसँगै चर्चामा सजन र दिव्याको ‘बेहुली’



गायक सजनराज वैद्यको नयाँ गीत ‘बेहुली’ सार्वजनिक भएसँगै चर्चामा छ । सार्वजनिक भएको २१ घन्टामै ६ लाख भन्दा बढी भ्युज पाएको यो गीत नेपालसहित ६ देशको ट्रेन्डिङमा समेत परेको छ ।

संगीततर्फ यो गीत अष्ट्रेलिया, युएइ, कुवेत, माल्टा, कतार लगायतका देशमा ट्रेन्डिङमा छ । गीतले दर्शकहरुको मन जितेको खण्डमा ग्लोबल ट्रेन्डिङमा आउने संभावना पनि उच्च छ ।

यो गीतको भिडियोमा सजनसँग नायिका दिव्या रायमाझीले सहकार्य गरेकी छिन् । भिडियोको कोरियोग्राफीले पनि दर्शकको मन जितिरहेको छ । सज्जनले आफ्नै शैलीको गीत यसपटक पनि दर्शकमाझ ल्याएकाले यसको चर्चा बढेको हो ।

दिव्यालाई पनि यो गीतको भिडियोले फाइदा दिने देखिन्छ । उनले २ वटा फिल्म खेलेर नपाएको चर्चा र सफलता यो गीतको भिडियोबाट पाउन सक्ने देखिएको छ ।