नायक प्रदीप खड्काले अभिनय गरेको फिल्म ‘एक्लो’ पुष महिनामा रिलिजमा आउने भएको छ । प्रदीप शाहीको निर्देशनमा तयार भएको यो फिल्मको पोष्ट प्रोडक्सनको काम बेलायतमा भइरहेको छ ।
वैज्ञानिक कल्पनामा आधारित रहेर तयार पारिएको फिल्म ‘एक्लो’को फस्टलुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन महिना तय गरिएको छ ।
निर्माणपक्षले क्रिसमसको अवसर पारेर फिल्मलाई पौष महिनामा रिलिज गर्ने बताएको हो ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठको साथमा बाल–कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय छ । फिल्ममा बेलायती कलाकार जेमी बेकनको पनि अभिनय छ ।
फिल्मका निर्मातामा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, सुशिला वादी, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन् । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।
फिल्ममा बाबु श्रेष्ठको छायांकन, राजु तामाङको एक्सन छ । यो फिल्मको फस्टलुकले दर्शकलाई केही नयाँ अनुभुती गराएको छ । यसैले, पौष महिनाको चिसो मौसमलाई यो फिल्मले बजार तताउने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया