नायिका नीति शाहले फिल्म ‘जदौ’ साइन गरेकी छिन् । शनिबार उनी र फिल्मको निर्माणपक्षबिच कागजी संझौता भएको हो ।
यो फिल्ममा यसअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी थिइन् । तर, साम्राज्ञी बाहिरिएपछि नीति भित्रिएकी हुन् ।
काजी लिम्बुको लेखन रहेको यो फिल्ममा मुकुन भुषाल फाइनल भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्ममा सह–निर्मातामा राजाराम सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारयण शास्त्री छन् । भदौको पहिलो साताबाट फिल्मको छायांकन सुरु हुनेछ ।
बाबुल गिरीको संगीत रहेको फिल्मको छायांकन दाङ र प्युठान जिल्लामा हुनेछ । फिल्मका लागि अहिलेसम्म निर्देशक फाइनल भएका छैनन् ।
प्रतिक्रिया