फागुन १ गतेबाट कृषाको ‘जहाजैमा’ रिलिज हुने



फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । कलाकारहरुको बलियो लाइनअपका साथ प्रि–प्रोडक्सनको काम अगाडि बढाएको फिल्मको निर्माण टिमले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।

फिल्मको वितरण आर.आर फिल्मस्ले गर्ने पक्का भएको छ । साउनको अन्तिम साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

फिल्मलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।

कृषा चौलागाइको निर्देशनमा बन्ने यो फिल्ममा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।

यो फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरु पनि फिल्ममा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ ।

उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो ।

फिल्मलाई नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ । फिल्मलाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।

फिल्मलाई मल्टिस्टारर कलाकारहरुको साथमा निर्माण गर्ने तयारी निर्माताको छ ।