मन्त्री कुलमान घिसिङले राजीनामाको हल्ला अस्वीकार गर्दै दिए यस्तो स्पष्टीकरण


काठमाडौं l ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिने तयारी गरेको भन्ने समाचारको खण्डन गरेका छन्।

आज साँझ जारी वक्तव्यमा मन्त्री घिसिङले भनेका छन्,

“विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै सत्यता छैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु।”

उनले हालको सरकार जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको भन्दै जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

“तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु,” मन्त्री घिसिङले बताएका छन्।