सरकारले नेपाललाई ‘बफर स्टेट’ उल्लेख गरेकामा एमालेको आपत्ति

काठमाडौँ । वर्तमान रास्वपा सरकारले नेपाललाई बफर स्टेट उल्लेख गरेकामा आपत्ति जनाएको छ । विगतमा दलका नेताहरूले अनौपचारिक रूपमा यस्तो शब्द उल्लेख गर्ने गरे पनि लिखत केही थिएन । तर वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले नेपाललाई बफर स्टेट भनेर उल्लेख गरेको छ ।

पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले सरकारले नेपालको भूराजनीतिक अवस्थितिलाई बफर स्टेट उल्लेख गरेकोप्रति आपत्ति जनाएका छन् । उनले भूराजनीतिक अवस्थितिलाई कहिल्यै बफर राज्य नभनिएको भन्दै नयाँ सरकारको भाषाशब्दप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

सरकारले राष्ट्रिय दलका घोषणापत्रसमेत समेटेर मंगलबार राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको थियो । ‘भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धताको बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा रूपान्तरण गर्ने’ ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ’, ज्ञवालीले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ । नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै बफर राज्य भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् ।

हाम्रा छिमेकीहरूबिच अनन्त दुष्मनी र द्वन्द्व नभएको स्मरण गर्दै ज्ञवालीले यस्तो शब्दको प्रयोग प्रासंगिक नदेखिने प्रस्ट पारेका छन् । बरु यही कुरा यही कुरा समनिकटता र समदूरीका हकमा पनि लागू हुने बताएका छन् ।

राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय भएको भन्दै नेता ज्ञवालीले मुद्दा, साझेदारी र सन्दर्भअनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्ने बताएका छन् ।काठमाडौँ । वर्तमान रास्वपा सरकारले नेपाललाई बफर स्टेट उल्लेख गरेकामा आपत्ति जनाएको छ । विगतमा दलका नेताहरूले अनौपचारिक रूपमा यस्तो शब्द उल्लेख गर्ने गरे पनि लिखत केही थिएन । तर वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले नेपाललाई बफर स्टेट भनेर उल्लेख गरेको छ ।

पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले सरकारले नेपालको भूराजनीतिक अवस्थितिलाई बफर स्टेट उल्लेख गरेकोप्रति आपत्ति जनाएका छन् । उनले भूराजनीतिक अवस्थितिलाई कहिल्यै बफर राज्य नभनिएको भन्दै नयाँ सरकारको भाषाशब्दप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

सरकारले राष्ट्रिय दलका घोषणापत्रसमेत समेटेर मंगलबार राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको थियो । ‘भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धताको बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा रूपान्तरण गर्ने’ ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ’, ज्ञवालीले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ । नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै बफर राज्य भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् ।

हाम्रा छिमेकीहरूबिच अनन्त दुष्मनी र द्वन्द्व नभएको स्मरण गर्दै ज्ञवालीले यस्तो शब्दको प्रयोग प्रासंगिक नदेखिने प्रस्ट पारेका छन् । बरु यही कुरा यही कुरा समनिकटता र समदूरीका हकमा पनि लागू हुने बताएका छन् ।

राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय भएको भन्दै नेता ज्ञवालीले मुद्दा, साझेदारी र सन्दर्भअनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्ने बताएका छन् ।