शिक्षा मन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच भेटवार्ता


शिक्षा मन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काबीच भेटवार्ता भएको छ l
भेटका क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रस्ताव राखेका छन्।

उनले विशेषगरी गुणस्तरीय शिक्षा, शिक्षक तालिम, प्राविधिक तथा व्यावसायिक शिक्षा विकास र डिजिटल शिक्षामा फिनल्यान्डको अनुभवबाट लाभ लिन चाहेको उल्लेख गरे।

राजदूत पुहाक्काले पनि नेपालसँग शिक्षा क्षेत्रमा सहकार्य बढाउन सकारात्मक रहेको बताउँदै आवश्यक समन्वय र सहकार्यका सम्भावनाहरूमा काम गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

दुवै पक्षबीच भविष्यमा संयुक्त कार्यक्रम, ज्ञान आदान–प्रदान र शिक्षा सुधारका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा छलफल भएको बताइएको छ।