जुम्ला । पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनलाई बुधबार नियन्त्रणमा लिइएको हो । घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको जनाएको छ ।
पीडित महिलाले वडाध्यक्ष बुढाले पटक–पटक धम्की दिँदै आफूमाथि जबरजस्ती करणी गरेको आरोपसहित उजुरी दिएको प्रहरी स्रोतले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।














प्रतिक्रिया