सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोज कुमार शर्मा सिफारिस


काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद् बैठकले उहाँलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

परिषद्को सिफारिसपछि अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि उहाँ प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।