रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा


काठमाडौं। आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक बस्दै छ । साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने तय भएको बैठकमा अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ । यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य विविधमा छलफल हुने जनाइएको छ ।