संसदमा उठेको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने


सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा जारी छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ आज प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्ले लाई दिइएको छ ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूले विभिन्न विषयमा सरकारसँग स्पष्टीकरण माग गर्दै प्रश्न उठाएका थिए । ती प्रश्नको उत्तर प्रधानमन्त्री स्वयंले दिने अपेक्षा गरिए पनि अन्तिम समयमा कार्यतालिका परिवर्तन भएपछि अर्थमन्त्री वाग्लेले संसदमा सरकारको धारणा प्रस्तुत गर्ने जनाइएको हो ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री अन्य प्रशासनिक तथा सरकारी कार्यक्रममा व्यस्त रहेकाले आज संसद् सम्बोधनमा सहभागी हुन नसक्ने जानकारी दिएको छ । यद्यपि नीति तथा कार्यक्रम कार्यान्वयनप्रति सरकार प्रतिबद्ध रहेको र सांसदहरूले उठाएका जिज्ञासाको जवाफ सरकारका तर्फबाट औपचारिक रूपमा प्रस्तुत गरिने बताइएको छ ।