काठमाडौं l आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुँदैछ। ताजा अपडेटअनुसार स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। नेपालले पछिल्लो खेलमा अमेरिकालाई ९ विकेटले हराएर लय समातेको छ भने स्कटल्याण्डले यस शृङ्खलाका आफ्ना दुवै खेल जितेको छ। केही दिनअघि नेपाललाई पनि डिएलएस (DLS) नियमका आधारमा दुई रनले पराजित गरेको थियो।
हाल अंक तालिकामा नेपाल २६ खेलबाट २० अंकसहित सातौँ स्थानमा छ भने स्कटल्याण्ड ३८ अंकसहित शीर्ष स्थानमा छ। नेपाललाई एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ भित्र रहन आवश्यक छ, त्यसैले आजको खेलको नतिजाले नेपालको आगामी सम्भावनामा ठूलो प्रभाव पार्नेछ।
नेपाली समर्थकका लागि आजको खेल केवल अर्को खेल होइन, आगामी यात्रा निर्धारण गर्ने महत्वपूर्ण परीक्षा पनि हो।
















प्रतिक्रिया