मन्त्रिपरिषद्को बैठक आज बस्दै,महत्वपूर्ण निर्णय हुने अपेक्षा


काठमाडौं । सरकारले आज मन्त्रिपरिषद्को बैठक बोलाएको छ । प्रधानमन्त्री बालेन शाह को अध्यक्षतामा बस्ने बैठक दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका विभिन्न मन्त्रालयका नियमित एजेन्डा, विकास निर्माणका कामको प्रगति समीक्षा तथा जनसरोकारका विषयमा छलफल हुने बताइएको छ । साथै केही महत्वपूर्ण प्रशासनिक निर्णय, कर्मचारी सरुवा तथा नीतिगत विषयमा पनि निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।

सरकारले हाल आर्थिक गतिविधि, पूर्वाधार विकास, सेवा प्रवाह सुधार तथा नागरिकका दैनिक समस्यासँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्दै आएको अवस्थामा आजको बैठकलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

मन्त्रिपरिषद्को बैठक नियमित रूपमा बस्दै आए पनि पछिल्लो समय सरकारका कामकारबाही, विकास आयोजनाको गति तथा प्रशासनिक सुधारका विषयमा चासो बढिरहेका बेला आजको बैठकबाट केही महत्वपूर्ण निर्णय सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ ।