काठमाडौं – राष्ट्रपति कार्यालय शीतल निवासबाट भित्तामा सजाइएका दुई थान हात्तीका दाह्रा चोरी भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
गत २३–२४ भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको मौका छोपी दाह्रा चोरी गरिएको खुलासा भएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँ बसपार्क र मनमैजु क्षेत्रमा अपरेशन चलाएर उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाबाट दाह्रासमेत बरामद गरिएको छ।
प्रहरीका अनुसार चोरीका दाह्रा काटेर भाग लगाई घरमा सजाएर राखिएको पाइएको छ। थप अनुसन्धान भइरहेको छ।

















प्रतिक्रिया