सरकारी अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गरिने


काठमाडौं। नेपाल सरकारअन्तर्गतका सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन रहेका स्वास्थ्य उपकरणहरूको पहिचान गरी पुनः सञ्चालनमा ल्याउने विषयमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यू र महावीर पुन बीच छलफल भएको छ।

छलफलमा बिग्रिएका उपकरणहरूको मर्मत सम्भार तथा पुनः सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रमार्फत समन्वय र सहकार्य गर्ने विषयमा सहमति भएको बताइएको छ। यस पहलले सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवाको प्रभावकारिता बढाउनुका साथै उपकरण अभावका कारण प्रभावित सेवाहरू पुनः सुचारु हुने अपेक्षा गरिएको छ।