काठमाडौं – सरकारले स्थल सीमा नाकाबाट सामान ल्याउने नियममा परिवर्तन गर्दै १ सय रुपैयाँको सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको छ।
अर्थ मन्त्रालयले यात्रुले आफ्नो साथमा ल्याउन वा लैजान पाउने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै उक्त निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार ५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ। तर स्थलमार्गबाट ओहोरदोहोर गर्ने व्यक्तिलाई हवाईमार्गसरह सुविधा भने दिइएको छैन।
भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीले भने आफ्नो साथमा ल्याएको वा लगेको ट्याबलेट वा कम्प्युटरमध्ये एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ।
यसअघि १५ जेठ २०८२ मा प्रकाशित सूचनामा १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु भित्र्याउन नपाइने व्यवस्था थियो, जसलाई कार्यान्वयनका क्रममा विवाद र सीमा क्षेत्रमा तनाव समेत भएको थियो।
अर्थ मन्त्रालयका अनुसार नयाँ निर्णयले सीमा क्षेत्रका यात्रु र व्यवसायीलाई सहजता दिने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया