ओलीको आक्रोश : के-को सम्पत्ति विवरण ? खरानी उठाएर सरकारले लैजाओस्


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले वर्तमान सरकारप्रति कडा आलोचना गरेका छन्।

निर्वाचनपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले सरकारले आफूमाथि निरन्तर प्रहार गरेको आरोप लगाए।

ओलीले आफ्नो सम्पत्ति आगजनीका क्रममा नष्ट भएको दाबी गर्दै त्यसपछि सम्पत्ति विवरण माग गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, “आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण? खरानी भरेर दिने मैले? के को सम्पत्ति विवरण? खरानी छ उठाएर लैजा सरकार।”

उनले कसैको अकुत सम्पत्ति भए छानबिन गर्न सरकारलाई आग्रह गर्दै, तर नष्ट भइसकेको सम्पत्तिबारे प्रश्न गर्नु उचित नभएको टिप्पणी पनि गरे।