काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा शनिबार तीनदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन्।
भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल लगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, कनेक्टिभिटी, सीमा विवाद तथा विभिन्न द्विपक्षीय परियोजनाका विषयमा छलफल हुने बताइएको छ।
यसैगरी पेट्रोलियम पाइपलाइन विस्तार, चिनी निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा तथा नेपालीका लागि भारतमा क्यूआर भुक्तानी प्रणाली लागू गर्ने विषय पनि छलफलका एजेन्डामा रहने सम्भावना छ।
भारत र चीनले लिपुलेक नाका हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णयपछि सीमा विवादको विषय चर्चामा रहेका बेला मन्त्री खनालको भारत भ्रमण हुन लागेको हो।

















प्रतिक्रिया