काठमाडौँ । आज देशभरको मौसम मिश्रित रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ भने तराईका केही जिल्लामा अत्यधिक गर्मी कायम रहनेछ।
महाशाखाका अनुसार काठमाडौं, पोखरा, धनकुटा, ओखलढुङ्गा, जिरी र ताप्लेजुङ लगायतका क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ। काठमाडौंको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।
यता भैरहवा, सिमरा, विराटनगर र जनकपुरमा ‘तातो दिन’ रहने पूर्वानुमान छ। भैरहवामा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ भने नेपालगञ्ज, धनगढी, जनकपुर र सिमरामा पनि अत्यधिक गर्मी हुने सम्भावना रहेको छ।
रातिको समयमा केही स्थानमा मौसम सफा रहने भए पनि जुम्ला, पोखरा, धरान, धनकुटा, जिरी र ताप्लेजुङ लगायतका क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

















प्रतिक्रिया