भक्तपुर । भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ।
आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति भएको तथा पाँच वटा कक्षा कोठा जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिएका छन्। प्रारम्भिक अनुमान अनुसार करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। अहिले विद्यालय परिसरमा जलेका सामग्री हटाउने तथा सरसफाइको काम भइरहेको छ।
विद्यालय प्रशासनले पठनपाठन लामो समय अवरुद्ध हुन नदिने गरी वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहेको जनाएको छ। प्रहरीले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ।

















प्रतिक्रिया