काठमाडौं। पूर्वगृहमन्त्री सुधन गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापामाथि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।
काठमाडौं महानगरपालिका–तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको आरोप छ। भुजेल नेपाली सेनामा कार्यरत थिइन्।
घटनापछि बालाजु प्रहरी वृत्तको टोलीले अनुसन्धान अघि बढाइरहेको छ। शनिबार गुरुङ स्वयं प्रहरी कार्यालय पुगेर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरेका हुन्। गुरुङले मृतक ईश्वरी भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। भुजेल गोरखा निवासी हुन्। पक्राउ परेका थापाले आफूलाई ‘प्रो रेस्लर’का रूपमा चिनाउने गरेका थिए।
प्रहरीका अनुसार शुक्रबार राति करिब १०:१० बजे भएको विवादका क्रममा थापाले भुजेलमाथि खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया