२० दिनपछि इजलासमा फर्किइन् वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, आजैदेखि मुद्दा हेर्ने


काठमाडौ। अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदापछि काममा फर्किएकी छन्। प्रधानन्यायाधीश मनोशकुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्ल बिदामा बसेकी थिइन्। अदालतमा उपस्थित भएसँगै उनले आजैदेखि मुद्दा हेर्ने छिन्।

उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ। शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुपूर्व उनी आफैले कायममुकायम प्रधानन्यायाधीशको रूपमा बिदा स्वीकृत गराएर बसेकी थिइन्।

सर्वोच्चमा वरीयतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन्।