काठमाडौं l आज बिहान सम्पन्न फिफा विश्वकप अन्तर्गत अमेरिका र पाराग्वेबीचको खेलमा भीएआर (VAR) को प्रयोगबाट विश्वकप इतिहासमै दुर्लभ दृश्य देखियो।
अमेरिका ३–० ले अघि रहेको समयमा अमेरिकी डिफेन्डरटिम रेम ले पाराग्वेका मिगुएल अल्मिरोन लाई फाउल गरेको भन्दै मुख्य रेफ्री ड्यानी मक्केली ले पहेँलो कार्ड दिएका थिए। त्यसपछि पाराग्वेले फ्रि–किकसमेत खेलिसकेको थियो।
तर भीएआरको संकेतपछि रेफ्रीले भिडियो पुनरावलोकन गर्दा आल्मिरोन सम्पर्कबिनै लडेर फाउलको भ्रम सिर्जना गर्न खोजेको देखियो। त्यसपछि माकेलीले आफ्नो निर्णय सच्याउँदै टिम रिमलाई दिइएको पहेँलो कार्ड रद्द गरे र उल्टै आल्मिरोनलाई ‘सिमुलेसन’ (डाइभ) गरेको भन्दै पहेँलो कार्ड देखाए।
विश्वकप इतिहासमा भीएआरको सहयोगमा ‘गलत पहिचान’ सम्बन्धी प्रावधान प्रयोग गरी निर्णय परिवर्तन गरिएको यो पहिलो घटना मानिएको छ। यो घटनाले फुटबलमा प्रविधिको प्रभाव र खेलाडीको अभिनयलाई नियन्त्रण गर्ने प्रयासलाई थप बल दिएको छ।

















प्रतिक्रिया