काठमाडौं l प्रतिनिधिसभा बैठक चलिरहँदा शून्य समयमा माननीय प्रमेशकुमार हमाल ले विश्वकप फुटबल प्रतियोगिता निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वकपप्रति युवाहरूको विशेष चासो रहेको उल्लेख गर्दै हाल हेर्नका लागि ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे।
“विश्वकप मेरो पनि चासोको विषय हो, युवाहरूको त झन् बढी चासो छ। तर, ९९९ रुपैयाँ तिर्नुपर्छ। मनोपोलीजस्तो अवस्था छ,” भन्दै उनले सेवा प्रदायकप्रति टिप्पणी गरे।
हमालले पर्याप्त आम्दानी भइसकेको दाबी गर्दै अब विश्वकप प्रसारण निःशुल्क गरिनुपर्ने बताए। साथै, नेपाल सरकारलाई आफ्नै टेलिभिजन च्यानलमार्फत विश्वकपका खेलहरू निःशुल्क प्रसारणको व्यवस्था गर्न आग्रह गरे।

















प्रतिक्रिया