चितवन, असार ७ — गृहमन्त्री सुधन गुरुङ ले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गर्नुभएको छ।
गए राति परेको अविरल तथा भारी वर्षाका कारण कार्यक्रम स्थल डुबानमा परेपछि गृहमन्त्री गुरुङ आज बिहान स्थलमै पुगेर अवस्थाबारे जानकारी लिनुभएको हो।
निरीक्षणका क्रममा उहाँले चितवनका प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रम व्यवस्थापनमा खटिएका विभिन्न आयोजक टोलीसँग भेटवार्ता गर्नुभएको थियो। गृहमन्त्री गुरुङले कार्यक्रममा कुनै अवरोध नआउने गरी डुबान क्षेत्रको पानी तत्काल हटाउन र आवश्यक व्यवस्थापनका कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको बताइएको छ।
भारी वर्षाका कारण कार्यक्रम स्थलमा पानी जम्दा महाधिवेशनको तयारी प्रभावित हुने चिन्ता व्यक्त भइरहेका बेला गृहमन्त्रीको निरीक्षण र निर्देशनपछि पानी निकास तथा व्यवस्थापन कार्यलाई तीव्र बनाइएको जनाइएको छ।
आजदेखि सुरु हुने महाधिवेशनका लागि आवश्यक पूर्वाधार तथा सुरक्षा व्यवस्थापनलाई समेत प्रभावकारी बनाउन सम्बन्धित निकायहरू सक्रिय रहेको बताइएको छ।

















प्रतिक्रिया