काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्। उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेललगायत नेताहरू पनि श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका थिए।
८० वर्षीय खरेलको आइतबार राति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा दम रोगको उपचारका क्रममा निधन भएको हो। उनको अन्तिम संस्कार आज दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिने तयारी छ।


















प्रतिक्रिया