काठमाडौं – डिशहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसहित नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ। यससँगै प्लेटफर्मले आफूलाई विश्वसनीय तथा सशक्त डिजिटल स्ट्रिमिङ सेवाका रूपमा अझ मजबुत बनाएको जनाएको छ।
सदस्यतामा आधारित यस ओटीटी प्लेटफर्ममार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायत विविध प्रकारका गुणस्तरीय डिजिटल मनोरञ्जन सामग्री सुरक्षित र सहज रूपमा दर्शकमाझ उपलब्ध गराइँदै आएको छ।
डिशहोम डिजिटल प्रालिका अनुसार प्राप्त विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधिकारिक डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता, विश्वसनीयता तथा दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्व डिजिटल मनोरञ्जन बजारसँग जोड्ने महत्वपूर्ण आधार तयार गरेको कम्पनीको दाबी छ।
यसैबीच, डिशहोम डिजिटल प्रालिले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीअनुसार ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक इजाजत प्राप्त गरेको जनाएको छ। उक्त इजाजतले कम्पनीले कानुनी तथा नियामकीय व्यवस्थाअनुसार आधिकारिक रूपमा सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप सुदृढ बनाएको छ।
कम्पनीले यस उपलब्धिलाई नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि महत्वपूर्ण कोसेढुंगा भएको उल्लेख गर्दै डिगो ओटीटी लाई चलचित्र, सिरिज, प्रत्यक्ष प्रसारण, खेलकुद तथा अन्य मनोरञ्जन सामग्री उपलब्ध गराउने अग्रणी नेपाली ओटीटी प्लेटफर्मका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको जनाएको छ।
डिशहोम डिजिटल प्रालिले आगामी दिनहरूमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत दर्शकलाई विश्वस्तरीय मनोरञ्जन सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

















प्रतिक्रिया