काठमाडौं । विष्णु पौडेल पक्राउ परेपछि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ।

पार्टी उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न एमाले संसदीय दलको बैठक जारी रहेको जनाइएको छ। बैठकमा गिरफ्तारीको विषय, पार्टीको आधिकारिक धारणा, संसद्मा अपनाइने रणनीति तथा आगामी राजनीतिक कदमबारे छलफल भइरहेको बताइएको छ।

एमाले नेताहरूले पौडेलमाथिको कारबाहीलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रित गर्दै आएका छन् भने अनुसन्धान निकायहरूले कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाइएको बताएका छन्।

बैठकपछि एमालेले औपचारिक निर्णय र धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया