बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित, अब शुक्रबार बस्ने


काठमाडौं । बिहीबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको हो।

यसअघि बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको थियो। तर निर्धारित समयमा बैठक सञ्चालन हुन नसक्ने भएपछि सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार स्थगित बैठक अब आगामी शुक्रबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ।

बैठक स्थगित हुनुको कारणबारे सचिवालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।