विष्णु पौडेललाई तत्काल रिहा गर्न सर्वोच्चको अस्वीकार


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गर्दै तत्काल रिहा गर्न नमिल्ने निर्णय गरेको हो।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा असार ८ गते पक्राउ परेका थिए। त्यसपछि विशेष अदालतले अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

पौडेलको रिहाइको माग गर्दै उनकी पत्नी दोमाया पौडेलले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। तर अदालतले तत्काल रिहाइको आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।