भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयन प्रक्रिया सुरु भएसँगै महामन्त्री पदका लागि पाँच नेताबीच कडा प्रतिस्पर्धा हुने भएको छ।
महामन्त्री पदका लागि मनिष झा, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र कबिन्द्र बुर्लाकोटी उत्रिएका छन्।
पार्टी विधानअनुसार दुई महामन्त्रीमध्ये एक जना मनोनीत हुने व्यवस्था रहेकाले बाँकी एक पदका लागि यी पाँच नेताले दाबी प्रस्तुत गरेका हुन्। हाल नेतृत्व तहमा सहमतिमार्फत पदाधिकारी चयन गर्ने प्रयास जारी रहे पनि सहमति नजुटे मतदानमार्फत महामन्त्री चयन गरिने सम्भावना छ।
महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भइसकेकाले अब सबैको ध्यान महामन्त्रीसहित अन्य पदाधिकारी चयनतर्फ केन्द्रित भएको छ। पाँचै जना नेताले आ-आफ्नो अनुभव, संगठन निर्माणमा योगदान र भावी कार्ययोजनालाई आधार बनाएर प्रतिनिधिहरूसँग समर्थन मागिरहेका छन्।

















प्रतिक्रिया