मेस्सीको जन्मदिनमा DGO App को बम्पर अफर, हस्ताक्षरित जर्सीदेखि भियतनाम टुरसम्म जित्ने मौका


काठमाडौं – फुटबलका भगवान् मानिने लियोनेल मेस्सीको जन्मदिनको अवसरमा नेपाली फुटबल समर्थकका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सरप्राइज आएको छ। अब विश्वकप हेर्दाहेर्दै मेस्सीको आफ्नै हस्ताक्षर भएको जर्सी जित्ने अवसर पनि तपाईंको हुन सक्छ l

फुटबलका महानायक लियोनेल मेस्सीको जन्मदिनलाई विशेष बनाउँदै DGO र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित ‘Ultimate Subscribers Giveaway’ अभियानको विस्तृत घोषणा गरेका छन्। आधिकारिक माध्यमबाट विश्वकप हेर्ने दर्शकलाई प्रोत्साहन गर्दै ल्याइएको यो अभियानमा करोडौँ फुटबल समर्थकको सपना बन्न सक्ने आकर्षक उपहारहरू राखिएका छन्।

अब प्रश्न उठ्छ—उपहारमा के–के छन् त?

सबैभन्दा ठूलो आकर्षण हो लियोनेल मेस्सीको हस्ताक्षर भएको अर्जेन्टिनाको आधिकारिक जर्सी। त्यति मात्रै होइन, क्रिस्टियानो रोनाल्डोको हस्ताक्षर भएको पोर्चुगलको जर्सी, नेयमारको हस्ताक्षर भएको ब्राजिलको जर्सी, विजेता जोडीका लागि भियतनाम टुर प्याकेज, ५५ इन्च स्मार्ट टिभी, साथै मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाइँ समेत जित्न सकिनेछ।

मोबाइल पास खरिद गर्नेहरूका लागि पनि आकर्षक उपहारको व्यवस्था गरिएको छ। उनीहरूले भियतनाम टुर प्याकेज, ५५ इन्च स्मार्ट टिभी, ४३ इन्च स्मार्ट टिभी र स्मार्टफोन जित्ने मौका पाउनेछन्।

अब तपाईं सोचिरहनुभएको होला-यति धेरै उपहार जित्न के गर्नुपर्छ त?

त्यसका लागि तीनवटा सामान्य प्रक्रिया पूरा गरे पुग्छ। पहिलो, DGO App डाउनलोड गरेर आफ्नो अकाउन्ट दर्ता गर्ने। दोस्रो, एपबाट सिधै फिफा विश्वकप २०२६ हेर्नका लागि Season Pass वा Mobile Pass खरिद गर्ने। र तेस्रो, DGOका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्ने।

यो विशेष अभियान २०२६ जुन २१ देखि जुलाई १५ सम्म सञ्चालन हुनेछ। नेपालभित्र रहेका सक्रिय DGO प्रयोगकर्ताहरू मात्र यसमा सहभागी हुन सक्नेछन्। विजेताको छनोट निष्पक्ष प्रक्रियामार्फत गरिने निर्माण पक्षले जनाएको छ भने प्राप्त पुरस्कार नगद वा अन्य सामानसँग साट्न पाइने छैन।

अब हेर्न बाँकी छ—फुटबलको महाकुम्भ विश्वकपसँगै यो ऐतिहासिक गिभअवेबाट मेस्सीको हस्ताक्षरित जर्सी जित्ने भाग्यमानी नेपाली को बन्ला?