एआईजी ईश्वर कार्कीको उपस्थितिमा लागुऔषधविरुद्ध अन्तरविद्यालय कार्यक्रम सम्पन्न


काठमाडौं । ईश्वर कार्की को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवस (जुन २६) को अवसरमा ललितपुरको सानेपास्थित टिकाविद्याश्रम माध्यमिक विद्यालय मा लागुऔषध दुव्र्यसनविरुद्ध अन्तरविद्यालयस्तरीय कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत प्रहरी प्रभाग सानेपा तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपा को आयोजनामा “लागुऔषधको चुनौती चिनौँः सामाजिक समाधानको बाटो खोजौँ” भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा लागुऔषध दुव्र्यसनविरुद्ध आयोजित अन्तरविद्यालयस्तरीय विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा लागुऔषधको बढ्दो चुनौती न्यूनीकरणका लागि विद्यालय, समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।