सुस्ता बचाउ अभियानको धर्ना : सीमा सुरक्षा, नागरिकता र लालपुर्जाको माग


काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा सुस्ता बचाउ अभियान, नवलपरासीको आयोजनामा सुस्तावासीहरूले धर्ना कार्यक्रम सञ्चालन गरेका छन्।

सुस्ताबाट आएका करिब ५० जना सहभागीले भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल गर्न, सीमा सुरक्षा सुदृढ बनाउन, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन तथा लामो समयदेखि भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेका छन्।

धर्नामा सहभागीहरूले सुस्ता क्षेत्रका बासिन्दा वर्षौंदेखि नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाजस्ता समस्याबाट प्रभावित हुँदै आएको भन्दै आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।