विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा नयाँ सचिवको मन्त्री पुनले गरे स्वागत


काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री महावीर पुनले मन्त्रालयमा नवआगन्तुक सचिव प्रमिला देवी बज्राचार्य शाक्यलाई भव्य स्वागत गरेका छन्।

मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री पुनले सचिव शाक्यलाई शुभकामना व्यक्त गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सरकारका प्राथमिकताका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहकार्यको अपेक्षा रहेको बताए।

नवनियुक्त सचिव शाक्यले मन्त्रालयको जिम्मेवारी इमानदारी, पारदर्शिता र परिणाममुखी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयको लक्ष्य हासिल गर्न सबैसँग समन्वय र सहकार्यमा जोड दिने बताइन्।

स्वागत कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।