विराटनगर । गृहमन्त्री सुधन गुरुङ शनिबार विराटनगर पुगेका छन्।
विराटनगर पुगेलगत्तै उनले जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन तथा निरीक्षण गरेका हुन्। अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, प्रशासनिक कार्यसम्पादन तथा समग्र अवस्थाबारे जानकारी लिएका थिए।
गृहमन्त्री गुरुङको अनुगमनलाई सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने सरकारको प्रयासका रूपमा हेरिएको छ।

















प्रतिक्रिया