काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धिमध्ये मन्त्रालयको सङ्ख्या घटाएर राज्यकोषमा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने दाबी गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सङ्घीय मन्त्रालयको सङ्ख्या १८ मा सीमित गरिएको जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रतिबद्धताअनुसार मन्त्रालयको सङ्ख्या घटाइएको उल्लेख गर्दै उनले यसबाट प्रशासनिक खर्चमा उल्लेख्य कटौती भई राज्यकोषमा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको बताए।
सरकारले विभिन्न संरचनाको खारेजी तथा समायोजनमार्फत खर्च कटौती गरी कार्यक्षमता बढाइएको दाबी गरेको छ। साथै राजनीतिक दल निकटका ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कदमले सुशासन र प्रशासनिक सुधारमा सकारात्मक सन्देश दिएको सरकारको भनाइ छ।

















प्रतिक्रिया