काठमाडौं । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाएको हो।
फ्रान्सको जितमा एकमात्र निर्णायक गोल किलियन एम्बाप्पेले गरे। उनले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्। डिजिरे डुएलाई पाराग्वेका डिफेन्डरले डी–बक्सभित्र लडाएपछि भिएआरको सहायताले रेफ्रीले पेनाल्टी दिएका हुन्। जसको अवसरलाई एम्बाप्पेले खेर फालेनन्।
खेल सकिनै लाग्दा इन्जुरी समयमा एम्बाप्पेको दुई सशक्त प्रहारलाई पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले बिफल पारे।
योसँगै एम्बाप्पेले विश्वकपमा गोल संख्या १९ बनाएका छन्। उनी अर्जेन्टिनाका लियोनल मेसीभन्दा एक गोलले मात्र पछि छन्। यस्तै जारी विश्वकपमा उनको यो सातौं गोल हो। गोल्डेन बुट दौडमा पनि एम्बाप्पे र मेसी बराबरीमा छन्।
फ्रान्सले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ। मोरक्कोले यसअघि भएको खेलमा क्यानडालाई ३–० गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ। पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ।

















प्रतिक्रिया