काठमाडौं । वर्षायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउनमहामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखा ले सर्वसाधारणलाई आग्रह गरेको छ।
महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख गोकर्ण प्रसाद दाहालका अनुसार वर्षाको पानी जम्ने स्थानमा डेङ्गी सार्ने एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टे तीव्र रूपमा बढ्ने भएकाले सङ्क्रमणको जोखिम पनि बढ्छ।
महाशाखाका अनुसार असार ९ देखि १५ गतेसम्म ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। अहिले दैनिकजसो वर्षा भइरहेकाले सडक, घर वरिपरिका खाल्डाखुल्डी तथा पानी जम्ने स्थानमा लामखुट्टे हुर्किने सम्भावना बढेको जनाएको छ।
डेङ्गीबाट बच्न घर वरिपरि पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्दा झुल प्रयोग गर्ने, पूरा शरीर ढाक्ने लुगा लगाउने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाका अनुसार डेङ्गीको जोखिम असारदेखि कात्तिकसम्म उच्च रहने भएकाले विशेष सावधानी आवश्यक छ।

















प्रतिक्रिया